लेवान्डोस्कीको चार गोलमा बार्यन विजयी « Khabarhub

लेवान्डोस्कीको चार गोलमा बार्यन विजयी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले हेर्था बर्लिनलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा म्युनिखले हेर्थालाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

बार्यनको घरेलु मैदानमा रोवर्टो लेवान्डोस्की एक्लैले ४ गोल गरे । यता हेर्थाका लागि जोन कार्डोबा, माथ्युस कुन्हा र जेसिक गन्कामले समान एक–एक गोल गरेका हुन् ।

हेर्थाविरुद्ध लेवान्डोस्कीले खेलको ४०औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने ५१औं मिनेटमा व्यक्तिगत तथा टीमका लागि दोस्रो गोल गरे ।

२–० ले अघि रहेको बार्यनविरुद्ध हेर्थाका कार्डिबोले ५९औं मिनेटमा गोल गरे । ७१औं मिनेटमा कुन्हाले टीमका लागि दोस्रो गोल गर्दै खेल २–२गोलको बराबरी गरेका थिए ।

हेर्था लयमा फर्किएपछि रक्षात्मक बनेको बार्यनका लागि लेवान्डोस्कीले ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसको तेस्रो मिनेट अर्थात् ८८औं मिनेटमा हेर्थाका एनगनकामले गोल फर्काउँदै खेल ३–३ को बराबरीमा पुर्‍याए ।

बराबरी भएको खेलमा लेवान्डोस्कीले इन्ज्युरी समयमा व्यक्तिगत चौथो गोल गर्दै टिमलाई ४–३ गोलको जित दिलाए ।

तीन खेलमा दुई जित हात पारेको बार्यनले ६ अंक जोडेको छ भने पराजित हेर्थाको ३ अंक छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ३५ बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०