प्रदेश ५ नाम र राजधानी : नाराबाजी र होहल्लाबीच छलफल सकियो « Khabarhub

प्रदेश ५ नाम र राजधानी : नाराबाजी र होहल्लाबीच छलफल सकियो


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी, तोडफोड र होहल्लाका बीच प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी सरकारको प्रस्तावमा छलफल भएको छ ।

छलफलमा भाग लिने अधिकांश सदस्यहरूले सरकारी प्रस्तावको पक्षमा विचार प्रकट गरेका थिए । प्रस्तावप्रति असन्तुष्ट सत्तारुढ सांसदहरूले नाम र राजधानीसम्बन्धी सांसदको टोली र विज्ञ टोलीका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

नाराबाजी र होहल्लाका बीच सत्तारुढ नेकपाका र समाजवादी पार्टीका संसादहरूले छलफलमा भाग लिएका थिए । छलफल सकिएपछि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।

मन्त्री केसीले बुँदागतरूपमा प्रश्नको जवाफ त दिएनन् तर उनले प्रदेशको भूगोल, जनताको सुविधा र ऐतिहासिकता हेरेर सरकारले दाङको देउखुरी उपत्यका, भालुवाङ क्षेत्रलाई राजधानी बनाउन प्रस्ताव गरेको बताए ।

उनले विपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रको उपाहास गरेको र सभामुखमाथि हातपात गरेको आरोप लगाए । उनले कांग्रेसको विरोधको शैलीप्रति आक्रोश प्रकट गरे । उनले सांसदहरूको माग बमोजिम विज्ञ टोली र सांसदहरूको अध्ययन टोलीका प्रतिवेदन सार्वजनिक गरेको जानकारी गराउँदै सभामुखलाई हस्तान्तरण गरे ।

सभामुखले सरकारको प्रस्तावमा संशोधन पेश गर्न १८ घण्टा समय दिएका छन् । बैठक मङ्गलबार मध्याह्न १२ बजे बस्ने गरी स्थगित गरिएको छ ।

कुल ८७ जना सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपा एक्लैसँग प्रस्ताव पारित गर्न पर्याप्त मत छ । उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुनुपर्छ ।
अन्य कुनै परिस्थिति नभए मङ्गलबार नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित हुनेछ । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

यसअघि सभामुख घर्तीले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरेका थिए । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका भए पनि बैठक चलेको थियो । सभामुख घर्तीले बारम्बार ‘विरोध गर्ने अधिकारको सम्मान गर्दै’ भन्दै होहल्लाका बीच बैठक चलाएका थिए । उनले बारम्बार ‘मर्यादा पालक’ भन्दै विरोधी सांसदहरूलाई रोष्ट्रमा आउन रोक्न निर्देशन दिएका थिए ।

विपक्षी सांसदहरूको चर्को नाराबाजीका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले चर्को स्वरमा नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

यसपछि सुरु भएको छलफलमा सभामुखले सत्तारुढ सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिएका थिए । पाँच मिनेटको समय पाएका श्रेष्ठले राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन माग गरे । उनले कुन आधारमा दाङको भालुवाङलाई राजधानी बनाउनु परको हो भन्ने प्रष्ट हुनुपर्ने बताए । उनले दाङमा राजधानी बनाउने प्रस्तावको विरोध गरे ।

पहिलो बैठक अवरुद्ध भएपछि सभामुख घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ५७ बजे

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा