कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत: विश्वप्रकाश शर्मा « Khabarhub

कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत: विश्वप्रकाश शर्मा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश पाँचको राजधानी माग गर्दै प्रदेशसभाका कुर्सी भाँच्ने कार्यप्रति आपत्ति प्रकट गरेको छ ।

सोमबारको बुटवलमा भएको प्रदेशसभा बैठकमा कांग्रेसका केही सांसदले कुर्सी र टेबुल भाँचेका थिए । उक्त कार्यको विरोध गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिटफुट घटना भनेर ढाकछोप नगर्ने बताएका हुन् ।

‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाइको पद्धति हो, परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य  हाम्रै हो’,उनले भने, ‘अरुका गल्ती सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटफुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

उनले सांसदले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रतिक्रिया दिए ।

‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन’, शर्माले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४३ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६