अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाइ भेट « Khabarhub

अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाइ भेट


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालका लागि अस्टे«लियाका राजदूत पिटर बडले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत पिटरले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेटघाट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गरेको योगदानको प्रशंसा गरे ।

उनले नेपाल र अस्ट्रेलिया दुवै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिए ।

सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे ।

उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास समेत व्यक्त गरे ।

सभामुख सापकोटाले नेपालमा अस्ट्रेलियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दा सो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गरे ।

बिदाइ भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन बर्षे नेपाल बसाइ सुखद् भएको जानकारी दिँदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सीधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिए ।

‘नेपाल र अस्ट्रेलिया दुवैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ,’ राजदूत बडले भने, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’

उनले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ४० बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार