कपिल शर्मा शोमा किन गएनन् भीष्म पितामह अर्थात मुकेश खन्ना « Khabarhub

कपिल शर्मा शोमा किन गएनन् भीष्म पितामह अर्थात मुकेश खन्ना


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको चर्चित कमेडी शो, द कपिल शर्मा शो लोकप्रिय मानिन्छ । यसलाई फ्यानमात्र होइन स्टारले समेत मन पराउछन् । तर एक यस्ता ब्यक्ति छन् जसले कपिल शर्मा शोलाई मन पराउदैनन् ।

बलिउड फिल्म तथा टेलिभिजन अभिनेता मुकेश खन्ना जो शक्तिमान, महाभारत लगायतका टिभि शो मार्फत दर्शकको घरघर पुग्दथे उनैलाई कपिल शर्मा शो मन पर्दैन । केहि समय अघि कपिलले आफ्नो शोमा महाभारतको पुरै स्टारकाष्टलाई आमन्त्रण गरेका थिए तर मुकेश भने शोमा देखा परेनन् ।

महाभारतमा भीष्म पितामहको भुमिकाबाट दर्शकमाझ लोकप्रिय मुकेश खन्ना कपिल शर्माको निमन्त्रणा पाएर पनि गएनन् । यसबारे मुकेशलाई धेरैले प्रश्न गरेका छन् । जसको जवाफमा उनले मुख खोलेका छन् । उनले आफुलाई कपिलको शो फिटिक्कै मन नपर्ने भन्दै यस्तो कार्यक्रममा आफु हिस्सेदार बन्न नचाहेकाले नगएको बताएका छन् ।

मुकेशका अनुसार एडल्ट शब्दको प्रयोग गर्ने, भद्या मजाक, पुरुषले महिलाको पहिरन लगाएर महिलाको बेज्जती गर्ने, अश्लिलतायुक्त शोमा भाग लिन मन नलागेर नगएका हुन् । उनले भनेका छन्, स्टेजको बिचमा एक मानिसलाई हास्नका लागी राखिएको छ । यसका लागी उसलाई पैसा दिइन्छ । अब यस्तो जबरजस्तीको हास्ने शोमा म किन जाऊ ?

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १२ : ०० बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा