बहुउपयोगी छ गुर्जो, यसरी गर्नुहोस् सेवन « Khabarhub

बहुउपयोगी छ गुर्जो, यसरी गर्नुहोस् सेवन


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसका कारण मानिसको जनजीवन अस्तव्यस्त छ । अझैसम्म खोप विकास हुन नसकेका कारण पनि कोरोना भाइरसले विश्वमा भयावह स्थिति सिर्जना बनेको छ ।

पछिल्लो समय कोरोना भाइरसको उपचारमा आयुर्वेदिक जडिबुटीको पनि प्रयोग हुन थालेको छ । हाम्रै वरपर पाइने गुर्जोको पनि प्रयोग हुन थालेको छ ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि गुर्जो खाने गरिन्छ । यसले मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरिन्छ । डाक्टरहरूले गुर्जो यसअघि कोरोना भाइरसको महामारीअघि पनि ज्वरो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई पनि खान दिइन्थ्यो ।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् ।

गुर्जो बहुउपयोगी जडिबुटी भएकाले यसले शरीरमा भएका अवगुणलाई बाहिर फाल्ने काम गर्छ । डाक्टरहरूका अनुसार यसको प्रयोगले हामीलाई फाइदा हुन्छ ।

गुर्जोमा पाइने एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस पनि गर्न सक्छन् । गुर्जोले केही समयका लागि चिनीको मात्रा घटाउने गर्छ ।

चिकित्सकका अनुसार गुर्जोको धुलो पाँच ग्राम उमालेर एक चौथाइ भएपछि दिनमा एकपटक खान सकिन्छ । यो नेपालमा धुलो वा डाँठका रुपमा उपलब्ध छ ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिने चिकित्सकहरु बताउँछन् ।

गुर्जो खाना खानुभन्दा अघि त्यसले फाइदा गर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ४१ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा