दोहोरो अंकले बढ्यो नेप्से « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ ।

नेप्से आज दोहोरो अङ्कले वृद्धि भई एक हजार ६०० को बिन्दुमा पुगेको हो । लामो समयपछि नेप्सेले उक्त बिन्दु तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १४.६८ बिन्दुको वृद्धि भई एक हजार ६००.९७ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.१७ बिन्दुले बढेर ३१६.३९ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर रु तीन अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ बराबरको खरिद बिक्री भए । बजार पूँजीकरणका आधारमा आज नेपालको शेयर बजार रु २१ खर्ब ३३ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । उत्पादन १.०३ र लघुवित्त ०.२ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.५३, व्यापार ६.९, होटल ५२.६७, विकास बैंक ७७.९८, जलविद्युत् ७५.९३, वित्त २३.१४, निर्जीवन बीमा ७६.०८, अन्य ४.७, जीवन बीमा १७.६६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड २९ लाख २३ हजार ६०६ बराबरको कारोवार भएको छ । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु १३ करोड ५१ लाख दुई हजार ५१२, सानिमा माई हाई हाइड्रोपावर रु ११ करोड १० लाख ८३ हजार ४६९, हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ८८ लाख ८५ हजार २१३, एचआइडिसिएल रु १० करोड ६५ लाख ४५ हजार १८४, शिवम् सिमेन्ट रु नौ करोड ९६ लाख २९ हजार ६९५, माथिल्लो तामाकोशी रु नौ करोड २७ लाख ८६ हजार १९८ र अपि पावर रु आठ करोड तीन लाख दुई हजार २४२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, बरुण हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले समान रुपमा १०/१० प्रतिशतले कमाए । ती कम्पनीको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावर ९.९२, आँखुखोला जलविद्युत् कम्पनी ९.९२, समृद्धि फाइनान्स ९.९२ र तिनाउ मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ३.११, महिला सहयात्रा माइक्रोफाइनान्स २.२९, गुराँस लघुवित्त वित्तीय संस्था २.२०, सबैको लघुवित्त २, एनआइसि एशिया ऋणपत्र १.९३ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले १.६७ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन