मैत्रीपूर्ण फुटबलमा स्पेन र पोर्चुगलको बराबरी « Khabarhub

मैत्रीपूर्ण फुटबलमा स्पेन र पोर्चुगलको बराबरी


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।

पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि स्पेनले गोल गर्न सकेन ।

स्पेनका ड्यानियल ओल्मो र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिनबाट चुक्यो । जेरार्ड मोरेनोको पासमा ओल्मोले रुवेन सेमेडोलाई बिट गर्दै गरेको प्रहारलाई पोर्चुगलका गोलरक्षक रुई प्याटिसियोले उत्कृष्ट बचाउ गरे ।

पाँचौँ मिनेटमा ड्यानियल सेवालोसको थ्रु पासमा ओल्मो पुन चुके । ११औं मिनेटमा सर्जी रोबर्टोको पासमा रोड्रिगोको २० यार्ड टाढाको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै सर्जियो रिगुइलोनको पासमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए ।

२५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा रेनाटो सान्चेसको प्रहार क्रसबारबाट थोरै बाहिरिद पोर्चुगल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा पनि दुबै टोलीका कयौँ प्रहार गोलमा परिणत हुन सकेन । ५३औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा पोर्चुगल अग्रता लिनबाट चुक्यो । रिवाउन्डमा सान्चेसको प्रहार पनि आकासियो ।

रसियामा भएको विश्वकपको समूह चरणमा ३–३ गोलको बराबरी खेलेका दुई टोलीले मैत्रीपूर्ण खेलमा पनि बराबरी खेलेका हुन् ।

नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ । समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।

नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ ।

स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । युक्रेनको ३ तथा जर्मनीको २ अंक छ । स्वीट्जरल्यान्ड १ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : २० बजे

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने