मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सको शानदार जित | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सको शानदार जित


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मैत्रीपूर्ण फुटबलमा विश्व विजेता फ्रान्सले युक्रेनमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध ७-१ को फराकिलो जित निकाल्यो ।

चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पूरा गरे । उनी थिएरी हेनरी भन्दा ९ गोलले पछि छन् ।

युवा खेलाडी एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनी फ्रान्सबाट गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी बने ।

यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एक/एक गोल गरे । फ्रान्सविरूद्धको एक गोल भने आत्मघाती भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ८ : १० बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा