यूएईमा इकमर्स व्यवसायमा सफलता पाउँदै नेपाली नर्स | Khabarhub Khabarhub

यूएईमा इकमर्स व्यवसायमा सफलता पाउँदै नेपाली नर्स


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली नर्सले इकमर्स व्यावसाय शुरु गरेकी छिन् ।

यूएईस्थित एक अस्पतालमा कार्यरत नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय शुरु गरेको बताइन् ।

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य लिएर व्यापार शुरु गरेको उनले बताइन । कोरोना महामारीका कारण फस्टाउन थालेको अनलाइन व्यापारलाई सदुपयोग गर्न उनले राकमा फामकल स्टोर्स एलएलसी संचालन गरेकी हुन्।

यूएईमा कार्यरत सबै देशका समुदायबीच नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफूले व्यावसाय थालेको उनले बतइन् ।

नेपाली टि-शर्ट, नेपाल र नेपाली झण्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री, आकर्षक नेपाली गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने जनाएकी छिन्।

अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन हुन् बाँकी रहेको उनले बताइन।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : २९ बजे

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनाी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा