स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा « Khabarhub

स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार रातिको खेलमा जित हात पारेका स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा खेल्न लागेका हुन् ।

प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।

केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ ।

सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।

सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ०१ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै