वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने « Khabarhub

वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट सेवा प्रदायक वल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ ।

बिहीबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

उक्त सेवा बिहीबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वल्डलिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ ।

वल्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ ।

यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वल्डलिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : ०६ बजे

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय