आदित्यको ज्ञान विज्ञानका लागि चुनौती– प्रधानमन्त्री ओली « Khabarhub

आदित्यको ज्ञान विज्ञानका लागि चुनौती– प्रधानमन्त्री ओली


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पूर्व प्रधानमन्त्रीहरुले गुगल ब्वाईको रुपमा प्रख्यात आतित्य दाहालको प्रशंसा गरेका छन् ।

राजधानी काठमाडौको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेर बहादुर देउवाले आदित्यमा असाधारण क्षमता रहेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने “आजको विश्वमा विना स्रोतको ज्ञान प्राप्त गर्ने एक मात्र मानवजाती मानव जातिको सन्तान आदित्य दाहाल मात्रै हो । विना स्रोतको ज्ञान आदित्य दाहाल हो र म भन्न चाहन्छु । यो विज्ञानका लागि असाधारण र धेरै गहन चुनौति हो । ”

त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यका आविश्कार, अभिव्यक्ति लगायत असाधारण भएको भन्दै सम्पुर्ण नेपालीको लागि आदित्यको प्रतिभा गौरवपुर्ण रहेको बताए । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आदित्यमा अद्धितिय प्रतिभा रहेको भन्दै त्यो सबै नेपालीका लागि गौरवको विषय रहेको बताए ।

विशेष कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराईनुको साथै आदित्य ज्योति पथको अग्रेजी संस्करणको औपचारिक विमोचन गरिएको थियो । शनिबार नै आदित्यको उपनयन (ब्रतबन्ध) गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १० : ०२ बजे

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको

सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा