कोरोना संक्रमित १ लाख नाघेपछि डा. पाण्डेले दिए यस्ता १० सुझाव « Khabarhub

कोरोना संक्रमित १ लाख नाघेपछि डा. पाण्डेले दिए यस्ता १० सुझाव



आज संक्रमितको संख्या १ लाख नाघेको छ ।

काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ ।

शहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ ।

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आवश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् ।

२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोटो समय प्रदान गरोस् ।

३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् ।

४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन् ।

५. घरबाहिर निस्किन अनिवार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं ।

६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरीसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् .. त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं । यो सम्पूर्ण प्राणीको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो।

७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ । बाँकी ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ । बाँकी ५ % लाई आइसीयुको सेवा आवश्यक हुन्छ । कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन । त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं । तसर्थ १०० % सावधानी अबलम्बन गरौँ । कोभिडलाई सामान्य नठानौं । नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन । लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् ।

८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ । भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार वैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ । तसर्थ अपडेट हुने बानी बसालौँ ।

९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ ।

१०. महामारीको समयमा सकारात्मक सोच, सहयोगी ब्यबहार तथा आशावादी गुण नै ठूलो अस्त्र हो । तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ । सरकार र नागरिक जिम्मेवार तथा अनुशासित बनौँ । यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ४८ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान