चीनविरूद्ध प्रतिकारमा उत्रन भारतलाई अमेरिकाको सुझाव « Khabarhub

चीनविरूद्ध प्रतिकारमा उत्रन भारतलाई अमेरिकाको सुझाव


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लद्दाख लगायतका क्षेत्रमा चीनसँगको सीमा विवाद लम्बिरहँदा अमेरिकाले भारतलाई प्रतिकारमा उत्रन सुझाव दिएको छ ।

चीनलाई वार्ताबाट मनाउन नसकिने भएकाले भारतले प्रतिकारमा उत्रने गरीको तयारी थाल्नु पर्ने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सुझाएका छन् ।

भारतीय दैनिक टाइम्स अफ इन्डियाले छापेको समाचारमा ब्रायनको भनाई उद्धृत गर्दै भनिएको छ, ‘चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा छ उसले वार्ताबाट सहमति जनाउँदैन, हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न ।’

अमेरिकाले लामो समयदेखि चीनसँग सहमतिको प्रयत्न गर्दा पनि अटेर गरेको उल्लेख गर्दै ब्रायनले भने,’ वार्ता वा सहमतिबाट समस्या सुल्झाउने प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’

भारत र चीनबीच लद्दाख मामिलामा अक्टोबर १२ अर्थात् सोमबार दुई देशका कमान्डरबीच वार्ता हुँनै लाग्दा प्रतिकारमा उत्रन भारतलाई दिएको उनका अभिव्यक्ति सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री एवं रक्षामन्त्रीबीच पनि बैठक हुँदैछ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १२ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै