बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् ।

शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए ।

“सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ”, उनले भने, “क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ ।” यात्रा विवरण नभएका सङ्क्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ ।

समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ सङ्क्रमित छन् ।

कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ८५ छ । हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७/१७ जनामा सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ ।

यस्तै पिसिआर जाँच मध्येमा ६.०२ प्रतिशत सङ्क्रमण दर छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो । सङ्क्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा श्यया थप गर्न थालिएको छ । स्थानीय तहले पनि १०/१० श्ययाको आइसोलेसन केन्द्र बनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ०८ बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । सभापति

राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख

काठमाडौं – नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार