निषेधको राजनीतिले पार्टी बन्दैन : पूर्वमन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

निषेधको राजनीतिले पार्टी बन्दैन : पूर्वमन्त्री बाँस्कोटा


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्‍याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताएका छन् ।

उनले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै सबै स्थानीय तहले ध्यान दिए बजेट र योजना कार्यान्वयनमा सहज हुने बताए ।

“विनियोजित बजेट विविध कारणले खर्च नहुँदा कतिपय योजना सम्पन्न भएका छैनन्, यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ” उनले भने ।

प्रतिनिधिसभा सदस्य बाँस्कोटाले विकास साझा विषय भएकाले कुनै पार्टी विशेषको नहुने बताए । उनले भने “विकास कुनै पक्ष र विपक्षको हुँदैन, तर केमा कसले कति ध्यान पु¥याउने भन्ने मात्रै हो, जसले विकासको नेतृत्व गर्छ उसलाई जनताले मन पराउनु स्वाभाविक नै हो ।”

उनले हाल कुनै पनि योजना बजेट अभावमा नरोकिएको तर कार्यान्वयनमा जटिलता पैदा भएको दोहो¥याए ।

नेता बाँस्कोटाले नेकपा ठूलो पार्टी भएकाले प्रतिस्पर्धासहितको सहकार्यको अनिवार्य आवश्यकता औँल्याए ।

“तर एकले अर्कालाई निषेध गर्छु भनेर जाने हो निषेधको राजनीतिले पार्टी बन्दैन, विचारलाई व्यक्ति एक्लैले रोक्न–छेक्न सक्दैन” उनले भने । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई बाँक्कोटाले सदस्यता प्रदान गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ०७ बजे

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं – हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै

मस्को – युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको