बलात्कारका घटनामा संवेदनशील बन्न गृहमन्त्रीको निर्देशन « Khabarhub

बलात्कारका घटनामा संवेदनशील बन्न गृहमन्त्रीको निर्देशन


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।

भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

उनले भने, “नयाँ चुनौतीलाई सफलताप”र्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।”

उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन निर्देशन दिए । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए ।

सीमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न समेत उनले निर्देशन दिए । उनले प्रहरी समायोजनबारेको प्रस्ताव पास भइसकेको जानकारी दिँदै अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाए ।

उनले दशैँ तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिए । गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए ।

कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १ मा आयोजना भएको हो । गोष्ठीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १५ बजे

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

बरहथवा– सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर

गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल

काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन