विराटनगरमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार सुरु « Khabarhub

विराटनगरमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार सुरु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको छ ।

कोभिड १९ का कडा बिरामीका लागि आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको हो ।

कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गरेका हुन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शैय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए ।

केन्द्रमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ भने आजसम्म केन्द्रबाट ४६१ जना संक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जना कोरोना थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २३६ जनाको पिसीआर परीक्षणमा १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा सुनसरीमा ३४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, सङ्खुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश बाहिरका एक÷एक जना रहेका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या ११ हजार १७० पुगेको छ ।

प्रदेशमा आज १९ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म चार हजार ८७३ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म एक लाख ३९ हजार ९२८ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ०२ बजे

शिक्षामा लगानी बढाउन आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध शिक्षक र

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी