कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरसको सङ्क्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

‘यस दुःखको घडीमा हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं’, दूतावासले बिज्ञप्तिमा उल्लेख गरिएको छ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तीब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा अन्जना शाक्यले अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : २७ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा