७६४ खरका छाना विस्थापित गरिँदै | Khabarhub Khabarhub

७६४ खरका छाना विस्थापित गरिँदै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका चार पालिकाकाका ७०० बढी घरका खरका छाना विस्थापित गरिने भएको छ ।

सङ्घीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो ।

खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ ।

स्थानीय सरकारले शुरु गरेको खरको छानामुक्त गर्ने अभियानलाई सकारात्मक कदमका रुपमा लिइँदै आइएको छ ।

स्थानीय तहले खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न सकेका छैनन् ।

पालिकाले बजेट अभावमा काम गर्न नसकेपछि  सङ्घीय सरकारले खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्वीकृत गरेको सांसद् डा. सूर्य पाठकले जानकारी दिए ।

स्थानीय तहले सङ्कलन गरेको खरका छानाको सङ्ख्याका आधारमा कार्यक्रम स्वीकृत भएर आएको डा.पाठकको भनाइ छ ।

पाठकका अनुसार ७६४ घरका लागि प्रतिपरिवार रु ५० हजार बराबरको जस्तापाता उपलब्ध गराइनेछ । जसका लागि बागलुङ क्षेत्र नं १ मा मात्रै रु तीन करोड ८२ लाख खर्च गरिनेछ ।

यसवर्ष नै अधिकांश घरमा रहेको खरको छाना विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानामुक्त गरिनेछ ।

स्थानीय सरकारले गर्दै आएको कामलाई सङ्घीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छानामुक्त घर पाउने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १६४, जैमिनी नगरपालिकामा २३०, बरेङ गाउँपालिका ९६ र काठेखोला गाउँपालिका १७४ घर छन् ।

स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण सङ्घीय सरकारलाई पेश गरेपछि कार्यक्रम स्वीकृत भएर आएको हो ।

यस्तै बढी मात्रामा खरका छानासहितको घर भएको जैमिनी नगरपालिकामा सङ्घीय सरकारले विषेश अनुदानमार्फत रु एक करोड २० लाख बजेट स्वीकृत भएर आएको सांसद पाठकले जानकारी दिए ।

गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयवासीलाई सरकारले खरको छानामुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ ।

नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : २६ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार