भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदै « Khabarhub

भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गर्दा ‘कूटनीतिक मर्यादा विपरित’ टिप्पणी गरेका भारतीय सेनाध्यक्ष नरवाणे दशैं र तिहारको बीचमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गरेको विषयलाई नरवाणेले चीनसँगको मिलेमतोको रुपमा टिप्पणी गरेका थिए ।

नेपाल र भारतका सेना प्रमुखले एक–अर्को देशका सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रमका लागि सेनाध्यक्ष नरवाणे नेपाल आउन लागेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा सेनाध्यक्ष नरवाणेलाई परराष्ट्र मन्त्रालयमार्फत नेपाल भ्रमणको निम्तो दिइएको थियो ।

नेपाल भ्रमणका क्रममा उनले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : २५ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको