बुधबार एक घण्टामा ७.५६ अंक घट्यो शेयर बजार « Khabarhub

बुधबार एक घण्टामा ७.५६ अंक घट्यो शेयर बजार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार एक घण्टाको कारोबारमा शेयर बजार ७ दशमलव ५६ अंक घटेर १ हजार ५६१ दशमलव शून्य ३ विन्दुमा झरेको छ ।

यो अवधिसम्म सेन्सेटिभ इन्डेक्स १ दशमलव ४२ अंक घटेर ३०९ दशमलव ९९ विन्दुमा ओर्लिएको छ । बुधबार १ हजार ५७२ दशमलव ३५ विन्दुदेखि खुलेको बजार १ हजार ५७३ दशमलव शून्य ९ विन्दुसम्म पुगेर ओरालो लागेको हो ।

एक घण्टामा २९ करोड ५८ लाख २१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १६५ कम्पनीको यस अवधिसम्म १० लाख ९१ हजार ४ कित्ता शेयर कारोबार भएको हो । बुधबार सर्वाधिक रकमको कारोबार सानिमा बैंकको भएको छ ।

यस कम्पनीको ३ करोड ४३ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सानिमा बैंकले आजै १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३ दशमलव ६० प्रतिशत लाभांशका कारण सानिमा बैंकको शेयर कारोबार बढी भएको हो ।

बुधबारदेखि नियमित सेसनमा कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यो दिन सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक शून्य दशमल १४ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन एक घण्टामा सर्वाधिक परिसूचक विकास बैंक समूहको १ दशमलव ७५ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ४५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा