चीनले नेपाली भूमि मिचेको विरोधमा नेविसंघद्वारा दार्चुलामा प्रदर्शन | Khabarhub Khabarhub

चीनले नेपाली भूमि मिचेको विरोधमा नेविसंघद्वारा दार्चुलामा प्रदर्शन


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

दार्चुला- चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो ।

सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए ।

सरकार जनभावना अनुसार चल्न नसक्दा जनताले दुःख र सास्ती मात्र भोग्नु परेको उनले आरोप लगाएक ।

नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए ।

उनीहरुले ‘बेसार होइन् पीसीआर, हत्या हिंसा बन्द गर । शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए ।

विरोध र्‍यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ३७ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले