सूचना तथा प्रसारण विभागबाट दिइने सेवा स्थगित « Khabarhub

सूचना तथा प्रसारण विभागबाट दिइने सेवा स्थगित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा प्रसारण विभागबाट दिइँदै आएका सेवाहरु स्थगित गरिएको छ ।

विभागमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य तीन जना कर्मचारीहरू आइसोलेसनमा बसेकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै तत्कालको लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रेस पास वितरण तथा नवीकरण, अनलाइन दर्ता तथा नवीकरण, रेडियो टिभी सम्बन्धी सम्पूर्ण कामहरू र विदेशी पत्रकारहरूको भीषा सिफारिस सम्बन्धी कामहरू अर्को सूचना जारी नभए सम्मको लागि बन्द गरेको छ ।’

यसैगरी विज्ञापन रहित (Clean Feed) प्रसारण सम्बन्धी काम भने नियमित रूपमा सञ्चालन हुने विभागले जनाएको छ ।

यस्तो छ विभागद्वारा जारी सूचना 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : २८ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने