चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई राहत « Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई राहत


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ ।

गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका ११ महिनाका बालक नारायण रानाको परिवारलाई आज रु नौ लाख ५० हजार प्रदान गरिएको हो ।

उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गरेका छन् ।

उनले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताए । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हुँदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई रु ५० हजार राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप रु दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १२ : ०२ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज