पर्यटक लोभ्याउन सडकको बीचमा बुद्धका मूर्ति « Khabarhub

पर्यटक लोभ्याउन सडकको बीचमा बुद्धका मूर्ति


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– ५ नम्बर  प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६/७७ को अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बीच भाग डिभाइडरमा बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने कामको थालनी गरेको छ ।

लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले बुटवल भैरहवा व्यापारिक मार्गअन्तर्गत नगरपालिका क्षेत्रमा पर्ने सडकको डिभाइडरमा बुद्ध मूर्ति राख्ने कामको थालनी गरेको हो । तिलोत्तमाको प्रवेशद्वार योगीकुटीमा स्थापना गरिएको बुद्ध मूर्तिको आज प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अनावरण गरे । व्यापारिक मार्गको सडक डिभाइडरको २५० देखि ३०० मिटर दूरीमा बुद्ध मूर्ति राखिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

उक्त राजमार्ग खण्डमा पहिलो चरणमा छ लेन निर्माण पूरा भएको मङ्गलापुरसम्म २२ आकर्षक बुद्ध मूर्ति राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आवको बजेटमा ६ लेनमा बुद्ध मूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकै सडक डिभाइडरमा बुद्ध मूर्ति राख्ने नगरपालिकाको योजना छ ।

६ लेनमा हरियाली प्रवर्द्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्ध मूर्ति राखेको हो । बुद्ध मूर्ति अनावरण कार्यक्रममा मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रवर्द्धनले समग्र प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिइन् ।

प्रदेश सरकारले अधिकतम स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी ल्याउने गरी लुम्बिनी भ्रमण वर्ष घोषणा गरी विभिन्न योजना बनाएको जानकारी मन्त्री गिरीले दिइन् ।

नगरपालिका प्रमुख वासुदेव घिमिरेले बुद्ध मूर्ति राखिएसँगै ६ लेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको जानकारी दिए । स्थानीय बासिन्दाको साथ र सहयोगले छ लेनलाई आकर्षक बनाउन विभिन्न काम भइरहेको बताउँदै उनले बुद्ध मूर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गरे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ३४ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत