एमसीसी विरोधी २१ दलीय वाम संगठनको विरोध प्रदर्शन | Khabarhub Khabarhub

एमसीसी विरोधी २१ दलीय वाम संगठनको विरोध प्रदर्शन


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी अनुदान सहयोग (एमसीसी)को विरोध गर्दै २१ दलीय वाम पार्टीहरु र संगठनले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा एकसय बढीको उपस्थिति थियो । प्रदर्शनका क्रममा एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिका अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुले एमसीसीको खारेजीका साथै नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतले गरेको नयाँ अतिक्रमणको विरोध पनि गरेका थिए ।

कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्न माग, भोकमरीबाट पीडित जनतालाई खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्तिको व्यवस्था, रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारवाहीको माग गरिएको थियो ।

प्रदर्शनमा राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ३ : १० बजे

म्याद गुज्रिएका विद्यार्थीलाई एकचोटि मौका ! त्रिविमा २०५८ पछिका परीक्षार्थीले जाँच दिन पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक

दशैँका लागि रामलीला मञ्चनको तयारी

बाँके– बाँकेको नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको

विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस