युभेन्ट्सलाई उपाधिका लागि १ जीत आवश्यक « Khabarhub

युभेन्ट्सलाई उपाधिका लागि १ जीत आवश्यक


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इटालियन सिरी ‘ए’ को शीर्ष स्थानको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एसपीएलसंग २—१ गोल अन्तरले पराजित भएको हो ।

एसपीएलको घरेलु मैदानमा पाहुना टोली युभेन्ट्सले शुरुवाती आफ्नो अग्रता कायम गर्न नसक्दा पराजय भोग्नुप¥यो । युभेन्ट्सका लागि ३० औं मिनेटमा मोइस किनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, ४९ औं मिनेटमा केभिन बोनिफाजीले र ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै एसपीएललाई २—१ को अग्रता दिलाएका थिए । विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान नउत्रिएको खेलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायम गर्न सकेन् ।

सिरी ए मा पहिलो हार व्यहोरेको युभेन्ट्स लिगको विजेता बन्न अर्को खेल कुर्नु पर्ने भएको छ । दोस्रो स्थानको नेपोलीभन्दा २० अंकले अघि रहेको युभेन्ट्सले एसपीएललाई पराजित गर्न सकेको अवस्थामा केही खेल अगावै उपाधि हात पारिसकेको हुन्थ्यो ।

शीर्ष स्थानको युभेन्ट्सले ३२ खेलबाट ८४ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीभन्दा २० अंकले अघि छ । उपाधि जित्न युभेन्ट्सलाई मात्र १ अंकको आवश्यकता रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ०२ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि