खसी बजारको अनुगमन सुरु : निरोगीको सिङमा हरियो रंग, रोगीलाई रातो | Khabarhub Khabarhub

खसी बजारको अनुगमन सुरु : निरोगीको सिङमा हरियो रंग, रोगीलाई रातो



काठमाडौँ– दशैँका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका, भेडा-च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरको पशु सेवा महाशाखाले आजबाट टुकुचा र कलंकीबाट थालेको मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउन थालेको हो ।

पर्वमा बिक्री वितरण हुने स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रुपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहज होस् भनेर काठमाडौं महानगरले निरीक्षण, अनुगमनको काम थालेका छ।

महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्, ‘उपभोक्तालाई स्वस्थ्य चौपाया चिन्न सजिलो होस् भनेर हामीले संकेतका रुपमा रङ्गको प्रयोग गरेका हौं । खसी, बोका, भेडा, च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग छ भने त्यो निरोगी हो । किनेर लान वा त्यसको मासु खान हुन्छ । यदि रातो रङ्ग छ भने त्यो रोगी हो । त्यसलाई किनेर लान वा त्यसको मासु खान हुँदैन ।’

डा. झाका अनुसार बजारमा आएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिशा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका बिषयमा पशुचिकित्सकले परीक्षण गरेपछि सिङ्मा रङ्ग लगाउने गरिन्छ ।

बजारमा पुगेपछि हामी यति मात्र हेर्दैनौं, महाशाखा प्रमुख डा. झा थप्दै भन्छन्, ‘पशु ढुवानी मापदण्ड पालना गरे/नगरेको, खरिद बिक्री बिलको प्रयोग भए/नभएको, बिक्रीका लागि ल्याइएका चौपायाको बासस्थान उचित भए/नभएको पनि हेर्छौं ।’

उनले भने, ‘बजार अनुगमनको अहिले थालनी हो । त्यसैले शुरुवात्मा सुधारका लागि सुझाव दिन्छौं । हाम्रो नियमित अनुगमनको क्रममा दिइएका सुझावको पालना गरेको पाइएन भने कारवाहीको प्रक्रियामा पनि जानुपर्ने हुन सक्छ । यसका लागि हामीले संघ र प्रदेश सरकार तथा अन्य साझेदारलाई बजार अनुगमनका क्रममा सँगै लिएर जान्छौं ।’

आज टुकुचा र कलंकी खसी बजारमा भएका चौपायाको स्वास्थ्य जाँच र सिङ्मा रातो लगाउने काम भएको छ । महाशाखाका पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्, ‘आज सामान्य स्वास्थ्य अवस्था खराव देखिएका २ वटा खसी भेटिए । तिनीहरुलाई अलग राखेर उपचार गर्न व्यापारीलाई भनेका छौं । उपचार गरेर निको नहुञ्जेल तिनीहरु बिक्रीका लागि अयोग्य हुन् । त्यसैले तिनीहरुको बिक्री रोक्का गरिएको छ । उपचार गरेर निको भएपछि तिनीहरुलाई पनि बेचबिखन गर्न सकिन्छ ।’

महाशाखाले चौपाया बजारमा जानकारीमुलक सामाग्री टाँस्दै, माछामासुजन्य खाद्यबस्तुको उत्पादनलाई गुणस्तरीय बनाउन र कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिन अनुरोध गरेको छ ।

उक्त अनुरोधमा भनिएको छ, ‘रोगी पशुपन्छीको ओसार पसार, नगरौं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गरौं । स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद गरौं । मासु चिसोमा राखौं । राम्ररी पकाएर मात्र खाऔं ।’

व्यक्ति-व्यक्तिवीचमा भौतिक दुरी कायम गरौं । साबुन पानीले नियमित हात धोऔं । हात धुन सक्ने अवस्था नभए स्यानिटाइजरको प्रयोग गरौं । मास्क लगाऔ । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर महामारीबाट बचौं र बचाऔँ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : ०७ बजे

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

एजेनसी– बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल

भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?

काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन्

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा