किन चलेको थियो सुशील र सुपुष्पाको प्रेमको हल्ला? « Khabarhub

किन चलेको थियो सुशील र सुपुष्पाको प्रेमको हल्ला?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा गसिपहरु चलिरहन्छन् । जब कुनै फिल्म रिलिजको बेला हुन्छ, ती फिल्मका नायक–नायिकाको अफेयरलाई लिएर विभिन्न गसिप चल्न थाल्छन् । फिल्म ‘रणवीर’ रिलिज हुने बेलामा पनि हल्ला चलेको थियो कि, फिल्मका नायक सुशील सिटौलाको सुपुष्पासँग अफेयर छ ।

कतिपयले भने यो हल्लालाई फिल्म चलाउने उपायका रुपमा लिने गर्छन् । अभिनेता सुशील सिटौलाले भने यो क्षेत्रमा हल्ला कसरी फैलिन्छ भन्ने आफूले समेत नबुझेको बताए ।

खबरहबसँग कुरा गर्दै सुशीलले भने, ‘म प्रेममा छैन, उहाँसँग काम गर्न सजिलो भयो, सुपुष्पाका लागि यो फिल्म पहिलो भएकाले पनि सहयोग गर्नुपर्ने थियो, तर त्यस्तो प्रेम छैन ।’

फिल्म क्षेत्रमा त के पनि चर्चा थियो भने सुपुष्पालाई फिल्ममा ल्याउने नै सुशील हुन् । तर सुपुष्पाले भने आफू अभिनेता प्रशान्त ताम्राकारसँगको चिनजानका कारण आफूले अडिसन दिएर फिल्ममा काम गरेको बताइन् । ‘उहाँलाई मैले सम्मान गर्छु, तर प्रेमको हल्ला मात्र हो ।’, उनले सुनाइन् ।

यता सुशीलले पनि आफूलाई करिअरकै बढी चिन्ता भएकाले काममा नै आफू फोकस भएको बताए । साथै उनले आफू सिंगल भएको पनि सुनाए ।

यतिबेला हलमा चलिरहेको फिल्म ‘रणवीर’ मा सुशील र सुपुष्पा जोडीका रुपमा छन् । उक्त फिल्ममा सुशीलले अर्की अभिनेत्री सुभेच्छा खड्कासँग पनि रोमान्स गरेका छन् । दक्षिण भारतीय फिल्मजस्तो लाग्ने यो फिल्मको लेखन तथा निर्देशन गोविन्दसिंह भण्डारीले गरेका हुन् । फिल्म हेरेका दर्शकले राम्रो भनेर प्रतिक्रिया दिए पनि फिल्मले हलमा दर्शक तान्न भने सकेको छैन ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५७ बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट