दशैँ भत्ता फिर्ता गर्ने काँग्रेस नेता सिंहको निर्णय | Khabarhub Khabarhub

दशैँ भत्ता फिर्ता गर्ने काँग्रेस नेता सिंहको निर्णय


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दशैँ भत्ता फिर्ता गर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै सिंहले दशैँ भत्ता फिर्ता गर्ने जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी बेला जनता उपचार गर्न नसक्ने अवस्थामा रहँदा सांसदहरुलाई दशैं भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको सिंहको भनाइ छ ।

सरकारले दशैँ भत्ताका नाममा सांसदहरूलाई बद्नाम गराउने दुराशय राखेको बताउँदै उनले यसकाविरूद्ध कांग्रेस उभिनु उभिनु पर्ने बताएका छन् ।

‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ,’ सिंहले भनेका छन्, ‘तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु ।’

नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर सांसदहरुलाई बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पर्ने पनि उनले बताएका छन् ।

यस्तो सिंहले जारी गरेको विज्ञप्ति

अहिले विश्वनै कोरोना महामारीको मारमा रहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ । चीनको बुहानबाट कोरोना भाइरस फैलिएलगत्तै कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएको सबैलाई थाहै छ । तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो ।  कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछियो । जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखियो । महामारीको यस्तो संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं ।

विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैले कांग्रेसले कोरोना शुरु हुनासाथ संसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आयो । तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ ।

एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय छ । आफु भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम  गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ । तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह

गर्न चाहन्छु ।

जय नेपाल

 

प्रकाशमान सिंह

प्रतिनिधिभा सदस्य, काठमाडौं क्षेत्र नं १

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ०१ बजे

म्याद गुज्रिएका विद्यार्थीलाई एकचोटि मौका ! त्रिविमा २०५८ पछिका परीक्षार्थीले जाँच दिन पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक

दशैँका लागि रामलीला मञ्चनको तयारी

बाँके– बाँकेको नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको

विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस