अब क-कसले पाउनेछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार ? (मापदण्डसहित) | Khabarhub Khabarhub

अब क-कसले पाउनेछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार ? (मापदण्डसहित)


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

मापदण्ड अनुसार विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतले निःशुल्क परीक्षण र उपचार पाउने छन् ।

निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने जनाइएको छ ।

यसैगरी अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ ।

यस्तै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने जनाएको थियो ।

यस्तो छ मापदण्ड

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : २७ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत