चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि भर्चुअल अन्तर्क्रिया हुने « Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि भर्चुअल अन्तर्क्रिया हुने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग मंगलबार भर्चुअल अन्तर्क्रिया गर्ने भएको छ ।

मंगलवार दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलका प्रतिनिधिसँग सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले अन्तर्क्रिया गर्ने जनाइएको छ ।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी नहुने जनाइएको छ । कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधित्व गर्ने जनाइएको छ ।

‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)का विषयमा चिनियाँ पक्षले आफ्नो कुरा राख्ने र नेपालका राजनीतिक दलहरूबाट प्रतिबद्धता खोज्ने जनाइएको छ । ।

सीपीसीले सबै राजनीतिक दलका प्रतिनिधिसँग एकैपटक छलफल गर्न लागेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १० बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले