बर्दिवास अस्पतालमा एक हजार जनाको पीसीआर परीक्षण | Khabarhub Khabarhub

बर्दिवास अस्पतालमा एक हजार जनाको पीसीआर परीक्षण


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिवास अस्पतालले एक हजारभन्दा बढीको पीसीआर परीक्षण गरेको छ ।

गत भदौ १२ गतेदेखि पीसीआर परीक्षण सेवा शुरु गरेको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पीसीआर परीक्षण गरेको जनाएको हो ।

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पीसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए ।

यसैगरी गत असोजमा गरिएको ६५९ जनाको पीसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पीसीआर परीक्षण शुरु गराएको हो ।

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पीसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको बताइएको छ ।

सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताए ।

अस्पतालले  स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा(रिपोर्ट)  दिँदै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ४५ बजे

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

एजेन्सी – दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश

चितवन– एकीकृत चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेशनेतासहित सयौँ नेता

हमासले रिहा गर्‍यो दुई बन्दी

गाजा– गाजाको बन्दरगाहमा रहेका हमासका सयौँ लडाकुहरूका बीचमा अमेरिकन कैदीको

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण

काठमाडौं– सत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा ओलीलाई सहकारीसम्बन्धी केही

झापामा ६६ जना नयाँ कुष्ठरोगी भेटिए

बनियानी – झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी