खसीबोकामा महामारीको अवस्था हेर्न परीक्षण थालियो « Khabarhub

खसीबोकामा महामारीको अवस्था हेर्न परीक्षण थालियो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँमा बिक्री गर्न ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन थाहा पाउन महानगरले आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ ।

टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धुपाल्चोक, काठमाडौँलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत लिँएर परीक्षण थालिएको महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए।

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं,’ नमूना लिँदै डा झाले भने, ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन-कुन जिल्लाका पशुमा कस्ता-कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’

यो कार्यक्रम एक पटक मात्र हो कि, नियमित चल्छ? भन्ने प्रश्नको जवाफमा डा. झा भन्छन्, ‘नमूना संकलन र परीक्षण हाम्रो स्वीकृत कार्यक्रम हो । यो नियमित हुन्छ । अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं ।’

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ ।

यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ ।

डा. झाका अनुसार आज नमूना लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४१ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर