सोलुखुम्बु पुग्दा एडमण्ड हिलारी बस्ने कोठामा बसेका थिए राजाराम « Khabarhub

सोलुखुम्बु पुग्दा एडमण्ड हिलारी बस्ने कोठामा बसेका थिए राजाराम


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार राजाराम पौडेल पछिल्लो समय व्यस्त छन् फिल्ममा । उनी अभिनित फिल्म ‘यात्रा’ यतिबेला सिनेमा घरमा रिलिज भइरहेको छ । फिल्मको छायांकन सोलुखुम्बुका विभिन्न भेगमा समेत गरिएको थियो ।

पौडेलले ‘यात्रा’ छायांकनका बेला सोलुखुम्बु जाँदा आफूले ऐतिहासिक क्षण भोगेको बताए । उनलाई सोलुखुम्बुमा बस्दा आफू प्रथम विदेशी सगरमाथा आरोही सर एडमण्ड हिलारी बसेको होटलमा बस्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

‘सर एडमण्ड हिलारी सोलुखुम्बु जाँदा त्यही होटलमा बस्नुहुँदो रैछ, म पनि त्यही होटलमा बस्ने मौका पाएँ, अझ त्यसमाथि पनि मलाई उहाँ बसेकै कोठामा राखिदिनुभयो, त्यसैले सोलुखुम्बुको यात्रा ऐतिहासिक क्षण बन्यो ।,’ राजारामले सुनाए ।

फिल्म ‘यात्रा’ को एक दृश्यमा हास्यकलाकार राजाराम पौडेल ।

साथै उनले होटलको उक्त कोठामा अहिले पनि ‘सर एडमण्ड हिलारीज रुम’ लेखिएको बताए । यो संयोगले आफूलाई निकै खुशी लागेको र सोलुखुम्बुको यात्रा पनि स्मरणीय भएको राजारामले बताए ।

फिल्म ‘यात्रा’ मा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, जाह्नवी बस्नेत, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ  । फिल्मले एक चेतनामूलक कथालाई उठान गरेको छ । यो फिल्म नयाँ वर्षको मौका पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २४ बजे

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको