दाङमा कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

दाङमा कोरोना संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो ।

सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ११ बजे

कर्णालीमा पर्यटकको आगमन बढ्यो

सुर्खेत– कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी – अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको

दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन

चितवन– जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन

कृष्णपुरमा निःशुल्क शव बाहन सेवा सञ्चालन

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा