अर्जेन्टिनी फुटबलर चढेको विमान २ हप्तापछि दुर्घटनाग्रस्त अवस्थामा भेटियो « Khabarhub

अर्जेन्टिनी फुटबलर चढेको विमान २ हप्तापछि दुर्घटनाग्रस्त अवस्थामा भेटियो


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना तथा कार्डिफ सिटीका फरवार्ड इमिलियानो साला र पाइलट डेभिड इबोट्सन वेपत्ता भएको विमानका भग्नावशेष फेला परेको छ ।

विमान वेपत्ता भएको दुई हप्तापछि पाइपर मलिबु विमान आइतबार इङ्ग्लीस च्यानल आइल्यान्डमा भेटिएको बीबीसीले जनाएको छ ।

आइतबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मलिबु विमानको दुर्घटना शाखाले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानका पार्टपूर्जा समुद्रको सतहभन्दा ६७ मिटर तल रहेको उद्दार टोलीले जनाएको छ ।

“विमानलाई निकालिसकेपछि साला तथा पाइलटका परिवारले जवाफ पाउनेछन्,” जहाज खोजिमा सक्रिय डेभिड मेर्नसले भने । निजी क्षेत्रबाट संकलन भएको कोषद्वारा सञ्चालित खोजीकार्यमा संलग्न मेर्नसले विमानका पार्ट पूर्जा भेटिएको बताएका छन् ।

कार्डिफले सालालाई १ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । गत महिनाबाट उनी अभ्यासमा सामेल हुने योजनामा थिए । तर, २८ वर्षे साला र ५९ वर्षे पाइलट इबोट्सन नान्टेसबाट उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्धविच्छेद भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ०९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा