ग्रामीण सडकमा ट्राफिकको सचेतना | Khabarhub Khabarhub

ग्रामीण सडकमा ट्राफिकको सचेतना


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो ।

उक्त सडकमा सवारी साधनको चाप बढ्दै जान थालेकाले ट्राफिक नीयमको पालनका साथै सम्भावित दुर्घटनाबाट बच्न यस्तो अभियान थालिएको कार्यालय प्रमुख देवहादुर खत्रीले बताए ।

यो सडकमा पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै जाँदा सडक दुर्घटनाको जोखिम पनि बढ्न थालेकाले चालक र यात्रुलाई सचेत गराएर सभाबित दुर्घटना कम गराउन सकिने जानकारी दिँदै उनले भने, “सडकको जोखिम भएका अन्य स्थानमा पनि यस्ता कार्यक्रम गर्दै आएका छौं ।”

सडक कालोपत्रे भएसँगै सवारी साधनको गति पनि बढदै जाँदा दुर्घटना हुन सक्ने भएकाले गाउँपालिकाको सहयोगमा चेतनामुलक तथा सन्देशमूलक होर्डिङ बोर्ड राखिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  २ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र