बागमती प्रदेशका मुख्यमन्त्रीलाई थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्रीलाई थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमित बनेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।

मुख्यमन्त्री पौडेललाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइएको हो । उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले जानकारी दिए ।

‘उहाँमा सामान्य रुघाखोकी मात्र छ, अरु लक्षण देखिएको छैन’ दाहालले भने ‘केही समयअघि मुटुको अपरेसन गरेका कारण समयमै सचेतता अपनाउँदै गंगालालमा पठाइएको मात्र हो ।’

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ३ : ३३ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न