गृहमन्त्रीलाई राष्ट्रिय परिचयपत्र दिने भगवतीदेवीको निधन « Khabarhub

गृहमन्त्रीलाई राष्ट्रिय परिचयपत्र दिने भगवतीदेवीको निधन


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


फिदिम– नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवती देवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो । दिवङ्गत भण्डारीका २ छोरा र १ छोरी छन् ।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ ।

जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ ।

नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १२ : २५ बजे

जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका

कफिनमै जीवित भेटिइन् थाइ महिला

बैंकक– दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र चहलपहल

नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा

सवारी दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

चितवन– ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई