काठमाडौँ- आज प्रदेश १ र गण्डकी प्रदेशका एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति पनि प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया