अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण | Khabarhub Khabarhub

अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले मुलुकको उत्तरमा रहेको कुन्दुज शहरआसपास भीषण आक्रमण गरेको छ ।

सयौंको सङ्ख्यामा आएका तालिबानी लडाकुले कुन्दुज शहरको बाहिरी क्षेत्रमा भीषण आक्रमण गरिरहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा भएको क्षतिबारे स्पष्ट नभइसके पनि अफगान सेनाले भने भीडन्तमा ४० भन्दा धेरै तालिबान लडाकु मारिएको तथा मौलवी नासिर नामक वरिष्ठ कमाण्डरसहित १२ तालिबान लडाकु घाइते भएको जनाइएको छ ।

कुन्दुज शहरमा भएको भीडन्तका क्रममा दर्जनौं मानिसहरु विस्थापित भएको अफगान अधिकारीले जनाएका छन् ।

हताहतिबारे कुनै टिप्पणी नगरेपनि तालिबानले पछिल्लो आक्रमण वसन्त ऋतुको सैनिक अभियान अन्तर्गत गराइएको जनाएको छ । पछिल्लो शुक्रबार तालिबानले अल फतेह नाम दिएर वसन्त ऋतुको आक्रमणको घोषणा गरेको थियो ।

हिउँद याममा अफगानिस्तानमा भारीमात्रामा हिउँ पर्ने भएकाले तालिबानले वसन्त ऋतुबाट सैनिक अभियान थाल्ने गरेको छ ।

वसन्त ऋतुको सैनिक आक्रमणको घोषणा गरेलगत्तै अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिबान र सरकारी सुरक्षा फौजबीच भीषण भीडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ०० बजे

कास्की जिल्ला अदालत : रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस जारी

गण्डकी – कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीको

कोशी प्रदेशको प्रगति : सात वर्षमा फेरिए आधा दर्जन मुख्यमन्त्री, कर्मचारी भाडाको घरमा

विराटनगर – स्थापना कालको साढे सात वर्षमा आधा दर्जन मुख्यमन्त्री

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

तराईमा देखिएको हुस्सु । फाइल तस्बिर

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ताप्लेजुङ – सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि

संक्रमितले भरिए अस्पताल : के हो भारत-चीनमा फैलिएको भाइरस ?

काठमाडौं – मौसमी रुघाखोकी, ज्वरो तथा भाइरल संक्रमणका बिरामीको संख्या