कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह | Khabarhub Khabarhub

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् ।

दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरेका छन् ।

‘स्वास्थ्यभन्दा ठूलो अरु कुनै  छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ,’ उनले भने ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन् ।

मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ११ : १० बजे

डोनाल्ड ट्रम्पले नामै नसुनेको अफ्रिकी देश लेसोथोका यी आठ चर्चित कुरा

काठमाडौं- जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि

चलचित्र ‘भूठान’को ‘कागजको खोस्टो’ बोलको गीत रिलिज

काठमाडौं- हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत

रिंकु सदा मृत्यु प्रकरणमा आठजना पक्राउ, चारजना अझै फरार

सिरहा- सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु

‘व्यवस्था विरोधीले हल्ला गर्दैमा राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ’

धनगढी- गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने हल्लाको पछि नलाग्न आग्रह

युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते

काठमाडौं– रूसी सेनाको आक्रमणमा ११ युक्रेनी नागरिकको मृत्यु भएको छ