इलाम र सुनसरीका दुई संक्रमितको मृत्यु « Khabarhub

इलाम र सुनसरीका दुई संक्रमितको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो ।

त्यस्तै इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

यसअघि शुक्रबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने संक्रमित बालिकाको मृत्यु भएको थियो ।

शुक्रबार नै भर्ना भएकी बालिकामा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार राति करिब साढे ८ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु