यसरी भण्डारण गर्नुहोस दशैँलाई किनेको मासु | Khabarhub Khabarhub

यसरी भण्डारण गर्नुहोस दशैँलाई किनेको मासु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँको समयमा घरघरमा खसी, बोका, कुखुरा काट्ने चलन छ । घरमै नकाटेपनि दशैँको समयमा सबैको घरमा धेरै नै मासु ल्याइन्छ । यसरी दशैका लागि एकैपटक धेरै मासु सञ्चय गर्दा उपयुक्त तरिकाले भण्डारण नगर्दा मासु विग्रिने सम्भावना अधिक रहन्छ ।

त्यसैले मासुलाई फ्रिजमा राख्न उपयुक्त हुने पोषणविद् अतुल उपाध्याय बताउँछन् । तर गाउँघरमा मासुलाई सुरक्षित राख्न फ्रिज नहुन सक्छ त्यस्तो अवस्थमा मासुलाई चिसो पानीमाथि सफा भाडामा राखेर पनि सुरक्षित गर्न सकिने उनको भनाइ छ ।

‘मासुलाई पकाएपछि घरमा फ्रिज छ भने, फ्रिजमा राख्दा उपयुक्त हुन्छ, तर गाउँघरमा फ्रिज नहुनसक्छ फ्रिज नभएमा चिसो पानीमाथि राख्न सकिन्छ,’ उपाध्याय भन्छन्, ‘त्यसरी चिसोपानीमा राखेको मासुलाई खानुअघि राम्रोसँग तताएर मात्रै खानुपर्छ ।’

यस्तै सञ्चय गरेर राख्नुपर्ने मासुमा बोसो मिसाउदा छिटो विग्रन सक्ने भएकाले भण्डारण गर्ने मासुमा बोसो मिसाउन नहुने उपाध्यायको भनाइ छ ।

दशैँमा मासु खाँदा छाला र बोसो नभएको चिल्लो र मसला कम प्रयोग गरी खान पोषणविद् उपाध्यायको सुझाव छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  २ : १० बजे

आज नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय दिन हो : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ शुक्ल

चलचित्र‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश

काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न

आज २०८१ साल फागुन ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ