नयाँदिल्लीको वायु झन झन प्रदुषित « Khabarhub

नयाँदिल्लीको वायु झन झन प्रदुषित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुदै गएको पाइएको हो ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् । यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो ।

वायु गुणस्तर सूचक शुन्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : ५० बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका