भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ | Khabarhub Khabarhub

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए ।

आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए ।

रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैँले त मन जोड्थ्यो”, उनले, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।”

भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैँमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्माले बताए । “पहिले पहिले दशैँमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने, ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।”

साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स–साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए। “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।”

लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । -रासस

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ११ : ०१ बजे

आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज

दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा दोस्रो हाफमा

बागलुङका किसानले फलाए करिब १३ केजीको काउली

बागलुङ– बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले करिब १३

रियलसँगको दुरी छोट्याउदै एट्लेटिको म्याड्रिड

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार भएको खेलमा एट्लेटिको म्याड्रिडले

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक