घरभित्रै सामान्य जमघटसहित दशैँ मनाऔँ : मेयर शाक्य « Khabarhub

घरभित्रै सामान्य जमघटसहित दशैँ मनाऔँ : मेयर शाक्य


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दशैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गर्नु गरेका छन् ।

दशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन । ‘बडा दशैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ । त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै बडा दशैँलाई परम्पराको जगेर्ना र पाहुना सत्कारबाट टाढा रही घरभित्रै परिवारका सिमित सदस्यका बीचमा सामान्य जमघटसहित मनाऔँ,’ उहाँले जारी गरेको सन्देशमा भनिएको छ,’ ‘कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैँ सहितका पर्वलाई विगतका वर्षहरुमा जस्तै खुसियालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने नै छौँ ।’

उनले केही समयदेखि विश्व महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को कहरले यतिबेला विश्व नै संन्त्रासमय भएको भन्दै नेपाल पनि पछिल्लो समय कोभिड–१९ कारण थप पीडामा गुज्रिएको उल्लेख गरेका छन् ।

‘यो वर्षको दशैँ कोभिड–१९ महामारीका बिचमा मनाउन गैरहेका छौँ,’ उनले भनेका छन्, ‘संघीय राजधानी रहेको काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा कोभिड–१९ समुदायस्तरमै महामारीको रुपमा फैलिएको अवस्था छ । यसको रोगथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार, प्रदेश सरकारसँगसँगै काठमाडौँ महानगरपालिका आफ्नो स्रोत, साधन र क्षमताका साथ जुटिरहेको सर्वविदितै छ । यस्तो जटिल परिस्थितिमा उच्च सावधानीका साथ कोभिड–१९ को नियन्त्रण र व्यवस्थापन गर्दै कोरोनाको कहरबाट विजय प्राप्त गर्न सबैलाई शक्ति र आत्मवल प्राप्त होस् भन्ने कामना प्रकट गर्न चाहन्छु ।’

उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न सकिन्न भन्दै नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई परास्त सकिने पनि उल्लेख गरेका छन् ।

कोरोना विरुद्धको लडाईँलाई परिणाममुखी बनाउन स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्दै दैनिकी अघि बढाउन अपिल गर्दै उहाँले दशैँको अवसरमा काठमाडौँ महानगरवासी तथा स्वदेश/विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायू एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

‘आत्मीयता, पारिवारिक मेलमिलाप, भातृभाव र स्नेही भावनाका साथ मनाउँदै आएको दशैँ नेपालीहरुको मौलिक चाड हो,’ उनले भने, ‘असत्यका विरुद्ध सदा सत्यको विजय हुने आत्यात्मिक दर्शनलाई आत्मसाथ गरी मनाइने यो पर्वको अवसरमा सत्य, त्याग, बलिदान र निष्ठाको मार्गमा अग्रसर हुने प्रेरणा प्राप्त होस भन्ने कामना गर्न चाहन्छु ।’

‘मौलिकता जोगाउँदै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्दै लैजानका लागि पनि यी र यस्ता पर्वहरु मनाउन आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा हामी अघि बढिरहेका छौं,’ उनले थप्दै भनेका छन्‘सबै राजनीतिक दल र आम नागरिकलाई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्ने महान अभियानमा अग्रसर हुन प्रेरणा मिलोस भन्ने कामना गर्न चाहन्छु ।’

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १ : ४९ बजे

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख